विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको स्वीमिङ पुल । भिडियो सहित :-

४ माघ ।
सिंगापुरको मरीना बे स्यान्ड्स होटलको इन्फिनिटी पुल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको स्वीमिङ पुल हो। यो पौडी पोखरी होटलको ५७ औँ तलामा छ। सिंगापुरको तस्बिर खिच्न छानिने ठाउँ मध्ये यो ठाउँ मानिसहरुको पहिलो रोजाइ बन्ने गरेको छ । २५६१ कोठा भएको यो होटलको यो पौडी पोखरी कतै आकाशमै भएझै भान गराउने गर्छ, त्यसैले त पर्यटकको चाहना एक पटक सिंगापुर पुगेपछि यो होटलको पौडी पोखरीमा पौडी खेल्न जाने हुन्छ । पौडी पोखरी सहित यहाँ एक स्काई पार्क छ, ३४० मिटर लामो यो स्काई पार्कमा करिब ३,९०० मानिस अट्ने क्षमता छ। यो पार्क होटलको छतमा बनाइएको हो। यो होटल तीनवाट अग्ला भवनले बनेको छ। तीनवटै भवनको छतमा यो पार्क बनाइएको हो । हेर्नुहोस् भिडियो :-



0 comments

Write Down Your Responses