ताजा अपडेट - श्रीमतिलाई आगो लगाउने प्रहरीको खोरमा ।


६ माघ,उदयपुर । 

उदयपुर – आफ्नो श्रीमतिलाई शरिरमा आगो लगाई हत्या प्रयास गर्ने एक व्यक्तिलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वी तपेश्वरी गाविस १ की नैनादेवी चौधरीलाई आगो लगाई हत्या प्रयास गरेको आरोपमा पति घनश्याम चौधरीलाई पक्राउ गरेको हो । घरयासी विवादमा श्रीमान घनश्याम चौधरीले पेट्रोल छर्किएर जलाएको अवस्थामा नैनादेवीलाई प्रहरीले उद्दार गरि उपचारार्थ अन्यत्र पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए । पीडित महिलाको शरिरको कम्मर मुनीको भाग जलेकोले स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार पछि थप उपचारको लागी विराटनगर पठाईएको डिएसपी रानाले जानकारी दिए । डिएसपी रानाका अनुसार आगो लगाउने श्रीमान प्रहरी चौकी भागलपुरले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको छ । घटनामा दश हजार बराबरको माल सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ 


0 comments

Write Down Your Responses