"विदेशी शक्तिले देश टुक्र्याउन दबाब दिएर हैरान बनाइसके" - प्र.म. के.पी वली ।

८ माघ,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश टुक्र्याउनका लागि देशी विदेशी शक्तिबाट आफूलाई दबाब आइरहेको खुलासा गरेका छन् । नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीको भक्तपुरमा भएको आवासीय प्रशिक्षणलाई बिहीबार सम्बोधन गर्दै ओली देश टुक्राउने षड्यन्त्र घनीभूतरुपमा भइरहेको दाबी गरेका हुन् ।देशभित्र र बाहिरबाट पहाड र तराई अलग गरेर देश टुक्र्याउन आफूलाई तीब्र दबाब आएको बताउँदै तर त्यसलाई कदापि नस्वीकार्ने धारणा राखे ।‘देश टुक्राउने षड्यन्त्र घनीभूतरुपमा भइरहेको छ । यसलाई जबरजस्ती स्वीकार्न बाध्य पारिँदैछ’, उनले भने, ‘यसको पहिलो पाइलाकारुपमा पहाड र तराई सर्लक्क छुट्याउन लागिपरेका छन् । यति भयो भने अरु स्टेप आउनेछन् । तर हामीलाई यो स्वीकार्य छैन ।’उनले तराईमा हिंसा जारी रहे त्यसविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । हिंसालाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । सरकारले अघि सारेका योजनालाई हावादारी गफमात्रै भनेर विरोध गर्नु स्याल हुइँयामात्रै भएको बताएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले सक्ने भएर विभिन्न महत्वाकांक्षी योजना अघि सारेको बताएका हुन् । ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुने गरी काम भइरहेको छ, हावा र सूर्यबाट बिजुली निकालिसक्यौं । हावाबाट बिजुली निकाल्छु भन्दा हावादारी गफ गर्नुको पनि हद हुन्छ भनेर उडाए । सबैतिरबाट विरोध भयो’, उनले भने, ‘यी सबै स्याल हुइँया हुन् । एउटाले ठाडो घाँटी लगाएर हुइँया भनेपछि सबैले त्यसै गर्छन् । अहिले त्यस्तै भएको हो । यो अस्वाभाविक होइन ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


0 comments

Write Down Your Responses