मकर संक्रांति आउनै लाग्दा देव घाटधाममा सुरु भयो मेला ।

३० पौष काठमाडौं । 
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मेला सँगै मकर स्नान सुरु भएको छ । संक्रान्तिको अघिल्लो दिन बिहीबार बेणीमा विधिपूर्वक पूजा गरेर लिंगो गाडेपछि मकर स्नान सुरु भएको मानिन्छ । देश बिदेशबाट हजारौ भक्तजनहरु त्रिशुली नदीको संगम स्थल वेणीमा नुहाउन आउने गर्दछन्  । अहिले देवघाट क्षेत्रमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । देशको मध्यभागमा पर्ने पवित्र तिर्थस्थल देवघाटले ऐतिहासिक, पौराणिक, साँस्कृतिक एवम् पर्यटकीय महत्व बोकेको छ । झोलुङ्गे पुलमा एक पंक्ति भई हिँड्न, धेरै दुर्घटना हुने भएकाले वेणी संगममा डोरी लगाएर मात्र स्नान गर्ने व्यवस्था मिलाइएको छ । मेला अवधिभर लोडसेडिङ नहुने व्यवस्थासमेत मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक एवम् देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले जानकारी दिए । संभावित दुर्घटना रोक्नका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरीनटारबाट २ वटा उद्धार रयाफ्टिङ र स्थानीय डुङ्गाको प्रयोग गरिएको छ । नारायणगढ बजारबाट पाँच किलोमिटर टाढा देवघाट जान पर्याप्त बसहरुको व्यवस्था र भाडासमेत निर्धारण गरिएको छ । देवघाटमा महादेव, राम सीतासमेत आएर मकर स्नान गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । त्यसैले नेपालसहित भारतका विभिन्न ठाउँहरुबाट भक्तहरु स्नानका लागि आउने चलन परापूर्वकालदेखि नै रहँदै आएको छ ।



0 comments

Write Down Your Responses