सिमांकन बारे ३ दलको ५ बुंदे प्रस्ताव मधेसी मोर्चाले स्विकारेनन ।
२ माघ,काठमाडौं ।
प्रमुख तीन दलले मधेसी मोर्चासामू सीमांकनबारे पाँचबुँदे प्रस्ताव अगाडि सारेका छन् । प्रस्तावप्रति मधेसी मोर्चा सकारात्मक भएपनि सहमति जनाएको छैन । सिंहदरवारमा बसेको मधेसी मोर्चासँगको वार्तामा तीन दलले बालुवाटारमा तयार पारिएको प्रस्ताव राखेका थिए । तीन दलको प्रस्तावमा सीमांकनबारे निर्णय गर्न बनाइने राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गर्ने उल्लेख छ । साथै त्यस्तो संयन्त्रको टीओआर समेत प्रस्ताव गरिएको छ । मधेसी मोर्चाले भने तीन दलको प्रस्ताव पर्याप्त नभएको बताएको छ । उसले त्यसमा आफ्नो धारणा राखेको छ । ‘उहाँहरुले -तीन दलका नेताहरु)ले चारपाँच वटा टीओआर प्रस्ताव गर्नुु भएको छ’ मोर्चाका एक नेताले भने-‘तर, हामीले त्यसमा चित्त बुझएका छैनौं ।’उनका अनुसार मधेसी मोर्चाले मधेस आन्दोलनको भावना अनुसार सिमांकन हुन्छ भन्ने सन्देश दिनु पर्ने बताएको छ । त्यसका लागि संयन्त्रको टीओआरमा प्रष्ट उल्लेख हुनु पर्ने मोर्चाको माग छ ।एक नेताका अनुसार तीन दलले तयार पारेको पाँचबुँदे प्रस्तावमा सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने पहिलो बुँदा छ । दोस्रो बुँदामा त्यस्तो संयन्त्रले तीन महिना भित्र निर्णय गर्ने उल्लेख छ । साथै आन्दोलनले उठाएको विषय र प्रदेशको समिांकनको सन्दर्भमा अहिलेसम्म भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामाग्रीका रुपमा लिने उल्लेख छ । चौथो बुँदामा राजनीतिक संयन्त्र र त्यसको टीओआरलाई संसदबाट अनुमोदन गर्ने तीन दलको प्रस्तावमा उल्लेख छ । पाँचौंबुँदामा सम्झौतामा हस्ताक्षरकर्ता दलहरु मिलेर संविधान संशोधन गर्ने उल्लेख रहेको बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए । वार्तापछि कांग्रेस नेता महेश आचार्यले भने-सीमांकनसँग सम्वन्धित विषयमा टीओआर बनाउने कुरामा कखगघ गरेर कुराहरु राखेका छौं । र, त्यसमा यहाँहरुको टिप्पणी आएको छ ।’ एमाओवादी महासचिव कृष्णबहादुर महराले वार्ता सकारात्मक रहेको र भोलि वा पर्सीसम्ममा निष्कर्षमा पुग्ने बताए ।

0 comments
Write Down Your Responses