रास्ट्रपतिद्वारा पुनर्निर्माण तथा नवनिर्माण महाअभियानको शुभारम्भ ।

२ माघ काठमाडौं । 
सरकारले वैशाख १२ को भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण तथा नवनिर्माणको महाअभियान सुरु गरेको छ । भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण तथा नवनिर्माण अभियानको शनिबार शुभारम्भ गर्नुभएको हो । उहाँले काठमाडौंको रानीपोखरीको नवनिर्माणको शिलान्यास गरेर तथा बेलुन उडाएर महाअभियान आरम्भ गर्नुभएको हो । सरकारले १९ औंं भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा १९९० साल माघ २ गते गएको महाभूकम्पको दिन पारेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण महाअभियान सुरु गरेको हो । रानीपोखरी परिसर शान्ति बाटिकामा आयोजित महाअभियानको सुरुआतको विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति एवम् कुटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो ।


0 comments

Write Down Your Responses