नयाँ औषधि परीक्षणका क्रममा एक व्यक्ति अचेत ।
१ माघ,फ्रान्स ।
फ्रान्सकी स्वास्थ्य मन्त्री म्यारिसोल टुरेईनले सरकारी अनुमति प्राप्त बायो ट्रायल नामक अनुसन्धान केन्द्रमा गम्भीर दुर्घटना भएको बताएकी छन् । टुरेईनले सो परीक्षण रोकिएको र यसमा भाग लिएका सबै सहभागीलाई फिर्ता पठाइएको बताइन् । एउटा फ्रान्सेली टेलिभिजन च्यानलले उक्त परीक्षण गाँजायुक्त एउटा पीडा घटाउने औषधी सम्बन्धी भएको बताएको थियो । तर स्वास्थ्य मन्त्रीले त्यसमा गाँजा नमिसाइएको जनाइन् । सरकारी अभियोजनकर्ताले यो घटनामा अनुसन्धान शुरु गरेका छन् । यो नयाँ औषधिको परीक्षण गर्दा एकजनाको मस्तिष्क निस्क्रिय हुन गएको र अरु पाँचजनालाई अस्पताल लैजानु परेको फ्रान्सकी स्वास्थ्य मन्त्रीले बताइन् । कुनै पनि नयाँ औषधि बिरामीहरुलाई दिनु भन्दा अगाडि त्यो औषधिले कसरी काम गर्छ भन्ने तथ्यांक संकलन गरिएको हुनुपर्दछ सो परीक्षण फ्रान्सको उत्तर पश्चिमस्थित शहर रेनको एउटा निजी प्रयोगशालामा गरिएकाे थियो । यस अघि पनि सो औषधिको प्रयोग गरिएका व्यक्तिहरुलाई अस्पताल लानुपरेको फ्रान्सेली मिडियाले जनाएको छ अहिले सो परीक्षण रोकिएको छ र सहभागीहरुलाई फिर्ता पठाइएको छ। यो घटनामा कतिजनाको संलग्नता छ भन्ने कुरा स्पष्ट भैसकेको छैन । प्यारिसस्थित अभियोजनकर्ताको कार्यालयले यस घटनामा अनुसन्धान शुरु गरेको छ । यो परीक्षण एउटा सरकारी अनुमति प्राप्त प्रयोगशालामा भएको स्वास्थ्य मन्त्रालयले एउटा वक्तव्यमा बताएको छ । यो परीक्षण प्रारम्भिक चरणमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ, जुन चरणको परीक्षणमा औषधि सुरक्षित छ वा छैन भनेर जाँच्न स्वस्थ मानिसहरुले औषधि खाने गर्दछन् । कुनै पनि नयाँ औषधि बिरामीहरुलाई दिनु भन्दा अगाडि त्यो औषधिले कसरी काम गर्छ भन्ने तथ्यांक संकलन गरिएको हुनुपर्दछ। यस्ता सूचना पाउनका लागि प्रयोगात्मक परीक्षणहरुको ठूलो हात रहेको हुन्छ र परीक्षणमा स्वेच्छिक सहभागी उपलब्ध नहुने हो भने क्यान्सर लगायतका विभिन्न रोगहरुका लागि नयाँ औषधि विकास गर्न सकिंदैन।

0 comments
Write Down Your Responses