बुर्किना फासोको राजधानी वागाडुगुस्थित होटलमा आक्रमण,कयौँलाई बन्धक बनाए ।


२ माघ बुर्किना फासो । 
पश्चिमाहरुको चहलपहल हुने बुर्किना फासोको राजधानी वागाडुगुस्थित होटलमा आक्रमण गरी बन्धुकधारीहरुले कयौँलाई बन्धक बनाएका र समाचारहरुमा जनाइए अनुसार २० जनाको हत्या गरेका छन्।
स्थानीय समय अनुसार करिब साढे सात बजेतिर होटल बाहिर दुईवटा कार बम विस्फोटन गराइएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।नकाब लगाएका तीन देखि चार जना बन्दुकधारीहरु राष्ट्रसंघका कर्मचारी र पश्चिमाहरु बढी आउने ‘स्पलेन्डिड होटल’मा प्रवेश गरेका थिए। उक्त शहरको एउटा अस्पतालका निर्देशक रोबर्ट साङगारेले कम्तीमा २० जना मारिएको र १५ जना घाइते भएको बताए । अहिले झन्डै ३० जनालाई मुक्त गराईेको बताईेको छ । स्थानीय समयअनुसार एक  बजेपछि बन्धकहरुलाई मुक्त गर्ने प्रयासमा सुरक्षा कारबाही सुरु गरिएको छ।




0 comments

Write Down Your Responses