शिला पेट्रोल पम्प नजिकै विस्फोट ।
२ माघ काठमाडौं ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा शुक्रबार राति अज्ञात समूहले विस्फोट गराएको छ । विस्फोटबाट पम्पमा सामान्य क्षति भएको जनाएको छ । बालुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर उक्त पेट्रोल पम्पको सिसा र बल्ब फुटेको बताएकको छ । तीन/चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक प्रहार गरेर भाग्ने बित्तिकै विस्फोट भएको भनिएको छ । विस्फोटका कारण स्थानीयवासी त्रसित बनेका छन् भने विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

0 comments
Write Down Your Responses