विनाशकारी भूकम्प गएको करिब ९ महिनापछि सरकारले काम सुरु गर्न लाग्यो ।

२ माघ काठमाडौं ।  
विनाशकारी भूकम्प गएको करिब ९ महिनापछि सरकारले शनिबार ‌औपचारिक रुपमा पुनर्निर्माणको काम सुरु गर्न लागेको छ । महाअभियानको नाम दिइएको पुनर्निर्माणको सुरुवात ऐतिहासिक स्थल काठमाडौं रानीपोखरीमा रहेको मन्दिरको शिलान्यासबाट गरिने कार्यक्रम तय भएको छ । त्यहां सबै दलका नेताहरुले सामूहिक रुपमा पुनर्निर्माणको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ ।


0 comments

Write Down Your Responses