ताजा अपडेट - कारको ठक्करले लियो ज्यान ।
५,माघ, रुपन्देही ।
रुपन्देहीको सालझण्डीमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । सालझण्डी–४ फायरलाइनमा बा १२ च ६० नम्बरको कारले ठक्कर दिँदा एक जना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
साइलकमा सवार ती व्यक्तिलाई कारले ठक्कर दिएको हो । ज्यान जाने पुरुषको परिचय नखुलेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

0 comments
Write Down Your Responses