ताजा अपडेट -नेपाल आयल निगमले सवा दुई करोड लिटर तेल साँचेर बसेको रहस्य खुल्यो ।

५ माघ काठमाडौं । 
नेपाल आयल निगमसँग सवा दुई करोड लिटर इन्धन मौज्दात रहेको छ । थानकोट डिपो भरिएर ट्यांकरले खन्याउन पाएका छैनन, तर निगम तेल साँचेर बसेको छ । भारतीय नाकाबन्दीअघि (भदौ मसान्तमा) नेपाल आयल निगमको देशभर रहेको डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो । देशभरका नौ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ । डिजेल एक करोड २४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ । निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो । निगमसँग् धेरै परिमाणमा इन्धन भए पनि वितरण बढाएको छैन । निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ । त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुँदै आएको छ ।  नयाँ पत्रिकामा खबर छ ।


0 comments

Write Down Your Responses