साहित्यकार प्रकाश सायमी "अतुल स्मृति गुरुकुल सम्मान २०७२" बाट सम्मानित ।
८ माघ,काठमाडौं ।
अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा सम्मान २०७२ बाट तबला बादक नवराज गुरुङ र सुकर्म अतुल स्मृति सम्मान २०७२ बाट सितार बादक ज्ञानुराराधा गोर्खालीलाई सम्मान गरिएको छ ।
![]() |
( तबला बादक नवराज गुरुङ ) |
![]() |
( सितार बादक ज्ञानुराराधा गोर्खाली ) |
![]() |
( साहित्यकार प्रकाश सायमी ) |

1 comments
Write Down Your Responses
January 23, 2016 at 1:14 AM
Thanks all.