“मामाघर आएका भारतीय नागरिकलाई ताकेर गोली हानियो” – मधेसी मोर्चा
काठमाडौं, १९ कात्तिक । आन्दोलनमा मारिएका भारतीय नागरिकको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता अनौठो खुलासा गरेका छन् ।
रफत सञ्चार क्लवले बिहिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मोर्चामा आवद्ध सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वीरगञ्जमा मारिएका भारतीय नागरिक आन्दोलनमा आबद्ध नभएको दाबी गरे ।कर्णले मामाको घर पुगेर आन्दोलनको रमिता हेर्ने क्रममा उनको मृत्यु भएको दाबी गरे । मधेसको आन्दोलनलाई भारतीय सहयोगको बिल्ला भिराएर मधेसकै नेपालीको अपमान गर्ने काम सरकारले गरेको उनको आरोप छ । उनले भने– ‘मधेस आन्दोलनलाई बदनाम गर्न भारतीय नागरिकलाई ताकेर गोलि हानियो ।’
अर्काे प्रसंगमा उनले अब सरकासँग मधेसी मोर्चाले वार्ता नगर्ने बताए । ‘सरकारले एकातर्फ वार्ता गर्ने र अर्कोतर्फ आन्दोलनकारी मार्ने दोहोरो चरित्र देखाएको छ’ कर्ण भने- ‘यस्तो अवस्थामा हामीले कसरी वार्ता गर्ने ?’ मधेसको आन्दोलनका नाममा सरकारले बारम्बार नेपालीसँग झुट बोलेको उनको आरोप छ । दैनिक नेपाल ।।।

4 comments
Write Down Your Responses
November 5, 2015 at 4:35 AM
Dhungaa haanna Mama ghar aayeko holaa hoina????? Eh..... Karna, dhungaa haaneko clip herenau ki kya ho???????
November 5, 2015 at 8:40 AM
हैन हो नेता ज्यु ... नो म्यान्स ल्याण्डमा कसैको मामा घर छ भन्ने कुरा कसैलाई थाहा नै छैन रहेछ, आज यो समाचारबाट मात्र थाहा पाइयो अर्को कुरा त्यो मामाघर बाट नेपाल प्रहरीलाई ढुंगामुढा गर्न पनि पाईदो रहेछ, हैन त ? लाईभ भिडियो हेर्नु भएन कि कसो हजुर ले ?
November 5, 2015 at 5:10 PM
कस्तो भाञ्जा रहेछ मामाघरमा आएर ढुुङ्गा हान्ने, त्यो पनि जुुलुसमा गएर खाइनखाइ दिनरात ड्युुुटीमा वसेका सुुुरक्षा कर्मिलाइ ताकेरै हिर्काउने ?
November 5, 2015 at 5:39 PM
jhoot mathi jhoot kati bolxas huna ta dhoti ko nun khako xas dhoti le j sikayo tei bolne vais sakxas vane nepali nagarita falera bihar bhag aama ko dudh khako xas vane navaye hijada ko para nadekha
nepali teti murkha xainan bujis sab bujhxan dhoti ko khel paisako lagi bikne timiharu jasto ko aaukat pani xaina nepal ko sambhidan xune sambhidhan samsodan garne ta dherai tada ko kura