अ.दु.वा को कर्मचारी भन्दै फिरौती असुलेको आरोपमा २ पक्राउ ।

काठमाडौं, माघ २ -
अख्तियारको कर्मचारी हो भन्दै फिरौती असुलेको र अपहरणको धम्की दिएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ्ग ग्याम्रुङ १ का ३५ वर्षे कुलमान श्रेष्ठ र भारत राजस्थान घर भई काठमाडौं महानगरपालिका २१ बस्ने बर्ष ४० का मुकेश शर्मालाई पक्राउ महानगरीय प्रहरी वृत्तले जनाएको छ । बीरगन्ज उपमहानगरपालिका घर भई काठमाडौं महानगरपालिका २८ मा सोलार सिस्टमको काम गर्ने बर्ष ५० को राजेश शर्मालाई फिरौती नदिए फसाईदिने र मुद्दा नमिले श्रीमतीलाई अपहरण गर्ने धम्की दिएका थिए । पीडित शर्माले एक लाख रुपैयाँ बुझाइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको र फरार दुई जनाएको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses