ताजा अपडेट - नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटायो ।

४,माघ काठमाडौँ ।
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा पाँच र डिजेल–मट्टितेलमा ६–६ रुपैयाँ घटेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ९९ रुपैयाँ र डिजेल–मट्टितेल ७५–७५ रुपैयाँ कायम भएको छ । एलपीजी ग्यासमा भने अझै २४२ रुपैयाँ प्रतिसिलिण्डर घाटा नै रहेकाले मूल्य यथावत राखिएको घिमिरेले बताए ।



0 comments

Write Down Your Responses